Logo

डब्ल्यूएचओका टोलीलाई चीन प्रवेशमा रोक, कोरोना भाइरसको स्रोत पत्ता लगाउन जाने प्रयासमा अवरोध

डब्ल्यूएचओका टोलीलाई चीन प्रवेशमा रोक, कोरोना भाइरसको स्रोत पत्ता लगाउन जाने प्रयासमा अवरोध



काठमाडौं । कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को टोलीलाई चीनले प्रवेशमा रोक लगाएको छ ।

चीनको वुहान जान लागेका डब्ल्यूएचओका दुई अधिकारीलाई चीनले भिसा क्लियरन्सको स्वीकृती नदिएपछि समस्या आएको बीबीसीले जनाएको छ । टोलीका दुई सदस्यले भने यसअघि नै यात्रा शुरू गरिसकेका छन् ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रेयेसुसले विज्ञ टोलीलाई चीनमा प्रवेशका लागि आवश्यक अनुमति चीनले नदिएको थाहा पाएको बताएका छन् ।

‘म यस खबरबाट निराश छु । टोलीका दुई सदस्यले यात्रा शुरू गरिसकेका छन् र अन्य दुई सदस्यलाई चीनले भिसा क्लियरन्सको स्वीकृति नदिँदा अन्तिम समयमा उनीहरुले यात्रा गर्न सकेनन् । हामी चीनका वरिष्ठ अधिकारीहरूसँग सम्पर्कमा छौं । चीनले छिटो अनुमति दिनका लागि आन्तरिक प्रक्रिया द्रुत बनाएको भनी मलाई आश्वासन दिइएको छ । अनुसन्धान टोलीले छिटो काम शुरू गरोस् भन्ने हाम्रो चाहना हो,’ उनले पत्रकार सम्मेलनमा भने ।

उनले यो प्रशासनिक समस्या मात्र भएको र छिट्टै समाधान हुने आशा पनि व्यक्त गरे । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभरी महामारीको फैलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL