Logo

साउदीले हटायो अस्थायी यात्रा प्रतिबन्ध : हवाई, जमिन र समुद्रको बाटोमा प्रवेश अनुमति

साउदीले हटायो अस्थायी यात्रा प्रतिबन्ध : हवाई, जमिन र समुद्रको बाटोमा प्रवेश अनुमति



काठमाडौं । साउदी अरवले डिसेम्बरमा लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएको छ । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार फैलनसक्ने भन्दै साउदीले केही देशमा यात्रा प्रतिबन्ध लगाएको थियो । 

साउदीको गृह मन्त्रालयले आइतबार बिहान केही देशका लागि लगाइएको यात्रा प्रतिबन्ध हटाइएको जानकारी दिएको हो । 

मन्त्रालयले आइतबार बिहान ११ बजेदेखि नै लागु हुने गरी हवाई, जमिन र समुद्रको बाटोमा प्रवेश अनुमती दिएको जनाएको छ । 

यता नयाँ प्रकारको भाइरस तिब्रगतिमा फैलिरहेको बेलायत, दक्षिण अफ्रिका र अरु केही देशका नागरिक भने साउदी प्रवेश गर्नुअघि १४ दिन अन्त कतै बस्नुपर्नेछ । 

यस्तै साउदीका नागरिक १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेछ । साउदीमा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिसकिएको छ । 

योसँगै साउदीका कोरोनाले मृत्यु हुने र नयाँ संक्रमित थपिने क्रम घटिरहेको छ । साउदी अरवमा अहिलेसम्म ३ लाख ६२ हजारमा कोरोना पुष्टि हुँदा ६ हजारको मृत्यु भएको छ । जसमध्ये २७ सय सक्रिय संक्रमत हुँदा ४ सय १ को अवस्था जटिल छ बाँकीको अवस्था सामान्य छ । 

प्रतिक्रिया दिनुहोस्
MBL