काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ६ करोड ८२ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ८२ हजार ४६० जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १८ लाख ४२ हजार ७७१ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ८ करोड ४९ लाख ४४ हजार ८६४ छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म ३ लाख ५८ हजार ५१७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २ करोड ८ लाख ८२ हजार ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख १० हजार ५९० भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ९४२ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४९ हजार ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २६६ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा २१ हजार २२२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ करोड ३ लाख २४ हजार ६३१ पुगेको हो ।
प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ७७ लाख १६ हजार ४०९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३०१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ९५ हजार ७४२ पुगेको छ ।