Logo

अमेरिकी जनताले भोलिदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने, ३० लाख डोज छिट्टै नै सबै राज्यमा पुर्याइने

अमेरिकी जनताले भोलिदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने, ३० लाख डोज छिट्टै नै सबै राज्यमा पुर्याइने



काठमाडौं । अमेरिकी जनताले सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । फाइजर र बायोएनटेक कम्पनीले बनाएको खोपलाई प्रयोगमा अनुमति दिएसँगै अमेरिकाले सोमबारदेखि जोखिम क्षेत्रमा काम गर्ने नागरिकहरुलाई खोप लगाउन थाल्ने भएको हो ।

खोपको पहिलो तीस लाख डोज छिट्टै नै सबै राज्यमा पुर्याइने जनाइएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ । अमेरिकाको खाद्य तथा औषधि विभागले कोभिड–१९ विरुद्धको खोपलाई स्वीकृति दिएसँगै अमेरिकी नागरिकलाई खोप दिन सबै प्रक्रिया पूरा गरिएको छ ।

बीबीसीका अनुसार अमेरिकाको विभिन्न राज्यका १ सय ४५ स्थानमा सोमबार खोप लगाइने छ भने मंगलबार ४ सय २५ स्थानमा खोप लगाइने छ । फाइजरको खोपलाई अमेरिकासहित, बेलायत, क्यानडा, साउदी अरेबिया, बहराइनले अनुमति दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL