Logo

कोरोना संक्रमण : विश्वभर ज्यान गुमाउनेको संख्या १३ लाख १८ हजार नाघ्यो, ३ करोड ७८ लाख ६९ हजार निको भए

कोरोना संक्रमण : विश्वभर ज्यान गुमाउनेको संख्या १३ लाख १८ हजार नाघ्यो, ३ करोड ७८ लाख ६९ हजार निको भए



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ४३ लाख २८ हजार ७ सय ५२ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ लाख १८ हजार २ सय ७८ पुगेको छ ।

त्यस्तै हालसम्म विश्वमा ३ करोड ७८ लाख ६९ हजार ९६ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट २ लाख ५१ हजार २ सय ५६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक करोड १२ लाख २६ हजार ३८ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या ६८ लाख ९१ हजार १५ पुगेको छ ।

त्यस्तै भारतमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख २९ हजार ६ सय ७४ पुगेको छ भने संक्रमितको संख्या ८८ लाख १४ हजार ९ सय २ पुगेको छ । त्यस्तै अर्को देश ब्रजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६५ हजार ६ सय ७३ पुगेको छ भने संक्रमितको संख्या ५८ लाख ४८ हजार ९ सय ५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL