Logo

विश्वभर कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा ९८६४ को मृत्यु, मृतकको संख्या १३ लाख आठ हजार नाघ्यो

विश्वभर कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा ९८६४ को मृत्यु, मृतकको संख्या १३ लाख आठ हजार नाघ्यो



काठमाडौं । विश्वव्यापी कोरोना भाइरसको संक्रमण दैनिक बढ्दो छ । गत २४ घण्टाभित्र विश्वमा ६ लाख ४७ हजार २४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । वर्ल्डोमिटरका अनुसार सोही अवधिमा नौ हजार ८६४ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३७ लाख २२ हजार ९७५ पुगेको छ । विश्वभर कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या १३ लाख आठ हजार ४८७ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७९ हजार २९१ जना रहेका छन् । २४ घन्टामा अमेरिकामा मात्र कोरोना भाइरसका कारण एक हजार ३६८ जनाले ज्यान गुमाएका छन् ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टाभित्र ४५ हजार ३४३ नयाँ संक्रमित थपिएका छन् । त्यहाँ थप ५३९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । ब्राजिलमा ३५ हजार ८४९ नयाँ संक्रमित थपिएका छन् । त्यहाँ थप ६१४ जनाको मृत्यु भएको छ । फ्रान्समा २३ हजार ७९४ नयाँ संक्रमित थपिएका छन् भने ९३२ जनाको मृत्यु भएको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ४० हजार ९०२, बेलायतमा २७ हजार ३०१, जर्मनीमा २३ हजार १८४, पोल्यान्डमा ११ हजार ७३७, रसियामा २१ हजार ९८३, कोलम्बियामा आठ हजार ६८५ तथा इरानमा ११ हजार ७३७ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL