Logo

चीनका कारण आफुलाई कोरोना भएको बताउँदै ट्रम्पले दिए चेतावनी, भने-चीनले मूल्य चुकाउनु पर्नेछ

चीनका कारण आफुलाई कोरोना भएको बताउँदै ट्रम्पले दिए चेतावनी, भने-चीनले मूल्य चुकाउनु पर्नेछ



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि फेरि दोषारोपण गरेका छन् । कोरोनाभाइरस संक्रमण भएपछि चार दिनसम्म अस्पतालमा भर्ना भएर बसेका ट्रम्प काममा फर्किएलगत्तै्र जारी गरेको भिडियो सन्देशमा यसअघि जस्तै कोरोनाभाइरसको सन्दर्भमा उनले चीनका कारण नै आफूलाई कोरोनाभाइरस संक्रमण भएको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘मलाई चिनियाँ भाइरस संक्रमण भएको हो, यसमा अरु क्सैको गल्ती छैन । यो चीनको गल्ती हो । यसको मूल्य चीनले चुकाउनु पर्ने छ । चीनले यो देशसँग जे गरेको छ, त्यसको मूल्य चुकाउनु पर्ने हुनेछ ।’

भिडियो सन्देशमा उनले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । भिडियोमा ट्रम्पले मास्क लगाएका छैनन् । झन्डै पाँच मिनेटको यो भिडियोमा ट्रम्पले भनेका छन्, ‘मलाई कोरोनाभाइरस संक्रमण हुनु ईश्वरको आर्शीवाद थियो, एउटा लुकेको आर्शीवाद । अब म एकदमै ठिक भएको छु । म चाहन्छु कि सबै अमेरिकी नागरिकलाई मलाई राष्ट्रपतिको रुपमा जस्तो उपचार मिल्यो, त्यस्तै उपचार मिलोस् ।’

प्रतिक्रिया दिनुहोस्
MBL