Logo

कोरोना कहर : कोरोना संक्रमित निको हुने क्रम बढ्यो, विश्वभर २ करोड ५९ लाख संक्रमित निको भएर घर फर्किए

कोरोना कहर : कोरोना संक्रमित निको हुने क्रम बढ्यो, विश्वभर २ करोड ५९ लाख संक्रमित निको भएर घर फर्किए



काठमाडौं । विश्वव्यापी कोभिड–१९ (कोरोना भाइरस) लाई परास्त गर्नेहरुको संख्या बढ्दो छ । हालसम्म कोभिड–१९ पोजेटिभ भएर निको हुनेको संख्या २ करोड ५८ लाख ७४ हजार नाघेको छ ।

वर्डोमिटरका अनुसार पछिल्लो तथ्यांक अनुसार २ करोड ५८ लाख ७४ हजार २९० जनाले कोरोना भाइरसलाई जितेका छन् । तथ्यांक अनुसार हालसम्म विश्वका ३ करोड ४८ लाख १२ हजार ८ सय बढिलाई कोभिड–१९ भएकोमा ९६ प्रतिशत निको भएका छन् ।

विश्वभरको तथ्यांक हेर्ने हो भने कोभिड–१९ बाट मृत्यु हुनेको संख्या मात्र ४ प्रतिशत छ । नेपालको कुरा गर्दा कोभिड–१९ ले नेपालमा अन्य देशहरुको तुलनामा कम जोखिम देखाएको छ । नेपालमा मृत्युदर ०।६३ प्रतिशत मात्र छ । नेपालमा अहिलेसम्म कोरोना सक्रमणबाट ५२० जनाको मृत्यु भएको छ । ८२ हजार ४ सय ५० संक्रमितको संख्या पुग्दा ६० हजार ६ सय ९६ निको भइसकेका छन् । एक्टिभ केस २१ हजार २ सय ३४ रहेको छ ।

आजका दिनमा सबैभन्दा बढि अमेरिकामा कोभिड–१९बाट मृत्यु हुनेको संख्या छ । अमेरिकामा पछिल्लो तथ्यांक अनुसार २ लाख १३ हजार ४९४ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांकमा अमेरिकामा मात्रै ५० हजार १५ नयाँ केस देखिएको छ । अमेरिकामा अहिलेपनि १४ हजार बढि गम्भिर प्रकारका केस छन् । अमेरिकामा कोभिड–१९ पछि निको हुनेको संख्या ४७ लाख ७१ हजार बढि रहेको छ ।

भारतमा पनि कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या चर्को छ । भारतमा अहिलेसम्म १ लाख ८ सय बढिको मृत्यु भएको छ । भने, ५४ लाख २४ हजार बढि निको भएका छन् । ब्राजिलमा ४२ लाख ३२ हजार बढिले कोरोनालाई जितेका छन् । जहाँ ४८ लाख ८२ हजार बढि संक्रमित पुगेका छन् ।

रसियामा ९ लाख ७० हजार बढिले कोरोनालाई जितेका छन् । कोलम्बियामा ७ लाख ५३ हजार ९५३, पेरुमा ६ लाख ९० हजार ५२८, अर्जेन्टिनामा ६ लाख १४ हजार ५१५, मेक्सिकोमा ५ लाख ३७ हजार ४७५ जनाले कोभिड–१९ लाई परास्त गरेका छन् । दक्षिण अफ्रिकामा ६ लाख ११ हजार ०४४ निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL