Logo

कोरोना कहर : विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघ्यो, ८ लाख ७८ हजार बढीको मृत्यु (अपडेट)

कोरोना कहर : विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघ्यो, ८ लाख ७८ हजार बढीको मृत्यु (अपडेट)



काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ । संक्रमितहरु मध्ये ६० हजार बढीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ७८ हजार बढीको मृत्यु भइसकेको छ । यस्तै कोरोना संक्रमितमध्ये एक करोड ८८ लाख ७९ हजार व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या ७० लाख १४ हजार रहेको छ ।

चीनको हुवाइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बर अन्त्यबाट शुरु भएको कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

अमेरिकामा ६३ लाख ८६ हजार जना कोरोना भाइरसका संक्रमित रहेका छन् । जसमध्ये ३६ लाख ३० हजार कोरोना मुक्त भएका छन् भने १ लाख ९२ हजारको मृत्यु भइसकेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ४० लाख ९१ हजार पुगेको छ भने ३२ लाख ७८ हजार कोरोना मुक्त भएका छन् । मृत्यु हुनेको संख्या १ लाख २५ हजार पुगेको छ ।

यस्तै भारतमा कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ । भारतमा अहिलेसम्म ४० लाख २० हजार संक्रमित रहेकोमा ३१ लाख ४ हजार कोरोना मुक्त भएका छन् भने ६९ हजार बढीको मृत्यु भएको छ ।

रुसमा १० लाख ९ हजार संक्रमित रहेका छन् । यी मध्ये ८ लाख २६ हजार कोरोना मुक्त भएका छन् भने १७ हजार बढीको मृत्यु भएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्
MBL