Logo

बढ्दै चीन-भारत व्यापारिक द्वन्द ,भारतमा पब्जी लगायत ११८ चिनियाँ एपमा प्रतिबन्ध

बढ्दै चीन-भारत व्यापारिक द्वन्द ,भारतमा पब्जी लगायत ११८ चिनियाँ एपमा प्रतिबन्ध



काठमाडौं । भारतस्थित सूचना, संचार मन्त्रालयले पब्जीलगायतका ११८ ओटा चिनियाँ एप्सहरुमा प्रतिबन्ध लगाएको छ । भारतले चिनियाँ एपहरु क्यामकार्ड, बाईडु, कट कट, वुव, टेनसेन्टलगायतका एप्सहरुमा प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समय चीन र भारतबीच बढ्दै गएको तनावका कारण भारतले यस्ता एप्सहरुमा प्रतिबन्ध लगाएको हो । यसलाई भारतको चीनविरुद्धको डिजिटल एयर स्ट्राईक मानिएको छ । यसअघि भारतले विभिन्न ५९ ओटा टिकटक, क्यामस्क्यानललगायत चिनियाँ एप्सहरुमा प्रतिबन्ध लगाईसकेको छ ।ईन्डीयाटीभीन्युजबाट

प्रतिक्रिया दिनुहोस्
MBL