Logo

कोरोनाका कारण भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

कोरोनाका कारण भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन



काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको कोरोना संक्रमणका कारण सोमबार साँझ निधन भएको छ। उनको दिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको हो ।

आर्मी अस्पतालले सोमबार दिएको जानकारी अनुसार पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था आइतबारदेखि पुनः नाजुक बनेको थियो । पूर्व राष्ट्रपति मुखर्जी कोमामा थिए र भेन्टिलेटरको सहायता प्रदान गरिएको थियो। उनको फोक्सोमा संक्रमण भएको थियो।

अगस्ट १० मा ब्रेन कल्टको शल्यक्रिया गर्नका लागि गरिएको परीक्षणको क्रममा मुखर्जी कोरोना भाइरसबाट संक्रमित भएको पनि पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL