Logo

टिकटकलाई अर्को संकट, नियुक्ति भएको सय दिनमा नै दिए सिइओ केभिनले राजीनामा

टिकटकलाई अर्को संकट, नियुक्ति भएको सय दिनमा नै दिए सिइओ केभिनले राजीनामा



काठमाडौँ । टिकटकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केभिन मेयरले राजीनामा दिएका छन् । केभिनले टिकटकमा प्रमुख कार्यकरी अधिकृत भएको सय दिनमा नै राजीनामा दिएका हुन् । उनी मे को मध्यमा हाल चर्चामा रहेको शर्ट भिडियो सेयरिंग एप टिकटकमा आएका थिए ।

अहिले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशविरुद्ध टिकटक अदालत गएपछि केभिनको राजीनामा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चिनियाँ कम्पनि बाइटडान्सले बनाएको टिकटकका कारण अहिले अमेरिका र चीनको सम्बन्धसमेत टकरावपूर्ण अवस्थामा रहेको छ । राष्ट्रपति ट्रम्पले अगस्त ६ मा कार्यकारी आदेश हस्ताक्षर गर्दै नोभेम्बरको मध्यसम्म टिकटकको अमेरिकाको अप्रेशन अमेरिकी कम्पनिलाई बेच्न या बन्द गर्न आदेश दिएका छन् ।

मेयरले अहिले विकसित राजनीतिक कारणले आफुले छोटो समयमा नै राजीनामा दिएको बताएको न्युयोर्क टाइम्सले लेखेको छ । सबै भन्दा ठुलो बजार रहेको भारतमा समेत टिकटक प्रतिबन्ध रहेका कारण टिकटक व्यवस्थापनलाई अहिलेको समस्याको निकास खोज्न मुश्किल भइरहेका बेला प्रमुख कार्यकारीको राजीनामाले थप मुश्किलमा पुर्याएको विश्लेषण भइरहेको छ ।– एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL