Logo

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो, संक्रमणपछि निको हुनेको संख्या एक करोड ५७ लाख (अपडेट)

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो, संक्रमणपछि निको हुनेको संख्या एक करोड ५७ लाख (अपडेट)



काठमाडौँ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । शनिबार विहानसम्म विश्वभर अहिलेसम्म मृत्यु हुनेको संख्या ८ लाख २ हजार ९५९ पुगेको छ ।

त्यस्तै विश्वभर कोरोना संक्रमितको संख्या अहिलेसम्म २ करोड ३१ लाख ७ हजार ४२२ पुगेको छ । त्यसैगरी विश्वभर कोरोना संक्रमणपछि ठिक हुनेको संख्या एक करोड ५७ लाख रहेको छ भने अहिले विश्वभर ६६ लाख संक्रिय संक्रमित रहेका छन् । त्यस्तौ विश्वभर अहिले ६१ हजार ८२८ जनाको आइसीयुमा उपचार भइरहेको छ ।

कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा एक लाख ७९ हजार २ सयको ज्यान गएको छ । त्यस्तै अमेरिकापछि ब्राजिलमा एक लाख १३ हजार ४५४ जनाको मृत्यु भएको छ ।

त्यस्तै मेक्सिकोमा अहिलेसम्म ५९ हजार ६१० जनाको मृत्यु भएको छ भने भारतमा ५५ हजार भन्दा बढीको ज्यान गएको छ । त्यस्तै बेलायतमा ४१ हजार ४०५ जनाको मृत्यु भएको छ भने इटालीमा ३५ हजार ४२७ जनाको ज्यान गएको छ ।

त्यस्तै फ्रान्समा कोरोनाबाट ३० हजार ५०३ जनाको मृत्यु भएको छ भने स्पेनमा २८ हजार ८३८ जनाको ज्यान गएको छ । त्यस्तै पेरुमा कोरोनाबाट २७ हजार ३४ जनाको मृत्यु भएको छ भने इरानमा २० हजार ३७६ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL