Logo

अस्ट्रेलियाले सबै नागरिकलाई कोरोनाको भ्याक्सिन निशुल्क दिने, बेलायती कम्पनीसँग गरिसक्यो सम्झौता

अस्ट्रेलियाले सबै नागरिकलाई कोरोनाको भ्याक्सिन निशुल्क दिने, बेलायती कम्पनीसँग गरिसक्यो सम्झौता



काठमाडौँ । अस्ट्रेलियाले आफ्ना नागरिकलाई कोरोनाको भ्याक्सिन निशुल्क दिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार अस्ट्रेलियाले कोरोनाको भ्याक्सिन उत्पादन गर्ने र सबै नागरिकलाई निशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार अस्ट्रेलियाले स्विडीसओ ब्रिटेनी कम्पनी एस्ट्राजेनिकसँग गरेको सम्झौता अनुसार बेलायतको अक्सफोर्ड युनिभर्सिटीले बनाउदै गरेको कोरोना भ्याक्सिन अस्ट्रेलियाले समेत पाउने भएको छ ।

प्रधानमन्त्री मोरिसनले भने ( अहिले अक्सफोर्डकोको भ्याक्सिन विश्वकै सबैभन्दा सफल र भरोसायोग्य देखिएको छ । कम्पनीसँगको सम्झौता अनुसार हामीले आफ्ना सबै नागरिकलाई भ्याक्सिन सुनिस्चित गरिसकेका छौ ।ु

भ्याक्सिनको ट्रायल पुरा भएर सफल भएमा यसको उत्पादन अस्ट्रेलियामै गर्ने बताउदै प्रधानमन्त्री मोरिसनले साबि नगरिकलाई निशुल्क पुर्याउने तयारी गरेको बताएका छन् ।

अक्सफोर्डले बनाउदै गरेको कोरोना भ्याक्सिन विश्वमा बनिरहेको पाँचौ भ्याक्सिन हो जसको तेस्रो चरणको ट्रायल चलिरहेको छ । अनुसन्धानकर्ताहरुले यो बर्षको अन्त्यसम्म भ्याक्सिन तयार हुने विश्वास व्यक्त गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL