Logo

कोरोनाको कारण इतिहासको सबैभन्दा खराब अवस्थामा जापानी अर्थव्यवस्था, जीडीपीमा ७.८ प्रतिशतको गिरावट

कोरोनाको कारण इतिहासको सबैभन्दा खराब अवस्थामा जापानी अर्थव्यवस्था, जीडीपीमा ७.८ प्रतिशतको गिरावट



काठमाडौँ । जापानको अर्थव्यवस्था आधुनिक इतिहासको सबै भन्दा खराब अवस्थामा पुगेको छ । कोरोना महामारीले कारोबार ठप्प भएको छ र मानिसहरुले खर्च गर्न पनि लगभग बन्द गरिदिएका छन् ।

अप्रिल(जुन को त्रैमासिकमा जापानको जीडीपीमा ७.८ प्रतिशतको गिरावट दर्ता भएको छ । यो जापानको आधुनिक इतिहासमा अहिलेसम्मको सबैभन्दा ठुलो गिरावट हो । यस्तो स्थितिमा विशाल अर्थव्यस्था रहेका विश्वको प्राय ठुला राष्ट्रहरु र अर्थव्यवस्थाका नीतिनिर्माताहरु माथि दवाव शृजना भएको छ । कसरी देशलाई अधिक घाटा हुनबाट बचाउने र लामो समय सम्म मन्दीबाट कसरी माथि उठ्ने भन्ने चुनौती बन्दै गएको छ।

अप्रिल(जुन त्रैमासिकमा जापानको अर्थव्यवस्थामा आधा भन्दा पनि बढी योगदान दिएको निजी खपतमा समेत ८.२ प्रतिशत गिरावट देखिएको छ ।

उक्त गिरावटको कारण विश्लेषकहरुले ७।१ प्रतिशतभन्दा धेरै गिरावट हुने अनुमान गरेका थिए । यो संगै वार्षिक निजी खपतमा ५६ प्रतिशतको गिरावट दर्ता गरिएको छ ।

जापानले मे महिनाको अन्तिम सम्ममा संकटकाल हटाएको थियो र त्यसपछि अधिकतम व्यापार खुलेको थियो । विशेषज्ञहरुको अनुसार, यस वर्षको अन्तिम सम्ममा अवस्था कस्तो हुने भन्ने कुरा कोरोना महामारीको स्थितिअनुसार हुनेछ ।

मिजुहो अनुसन्धान संस्थाका वरिष्ठ अर्थशास्त्री सेसुके सकाई भन्छन्, ‘जुलाई सेप्टेम्बर त्रैमासिकमा दुई अंकले वृद्धि हुने अनुमान लगाउन सकिन्छ तर अप्रिल(जुन मा भएको घाटाको यसले संयोजन गर्न सक्दैन ।’

उनले भने, ‘कोरोना महामारीको कारण जापानमा आर्थिक गतिविधि पुन बन्द हुनसक्ने सम्भावना रहेको छ र कतिपय ठुला राष्ट्रहरु पुन लकडाउनमा जान सक्छन् र जापानमा फेरी संकटकाल घोषणा गर्नुपर्ने स्थिति आउन सक्छ ।’

जापानको अर्थमन्त्री यासुतोशी निशिमुराले एक बयानमा सरकारले अर्थव्यस्थालाई पुन सुचारु गर्न ‘लचिलो तथा समय अनुकुल’ योजना बनाउने बताएका छन् । जीडीपीको तथ्यांक सार्वजनिक भएपछि उनले भने, ‘हामीलाई जापानको अर्थव्यवस्था तिब्र रुपमा माथी उठ्दैछ, घरेलु माग बढे संगै अप्रिल(मे मा भएको घाटा रिकभरी हुँदैछ ।’ रासस

प्रतिक्रिया दिनुहोस्
MBL