Logo

कोरोना कहर : विश्वभर ७ लाख ७२ हजार ७५१ जनाको मुत्यु, नेपालमा मात्रै १ सय ४ को ज्यान गयो (अपडेट)

कोरोना कहर : विश्वभर ७ लाख ७२ हजार ७५१ जनाको मुत्यु, नेपालमा मात्रै १ सय ४ को ज्यान गयो (अपडेट)



काठमाडौं । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड १८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १८ लाख १७ हजार ६ सय ८२ जना पुगेको छ ।

आईतबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ७२ हजार सात सय ५१ जना पुगेको छ भने एक करोड ४५ लाख ५३ हजार दुई सय पाँच संक्रमित पुगेका छन् ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकामा मात्र एक लाख ७३ हजार एक सय २८ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा एक लाख आठ हजार एक सय ७९ , भारतमा ५१ हजार ४५ जनाले कोरोनाका कारण गुमाईसकेका छन् । तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको ग्राफ बढ्दै गएको छ ।

सोमबार विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १७ हजार तीन सय ३५ जनाले कोरोना जितेका छन भने एक सय चार जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL