Logo

चिनियाँ व्यापार ध्वस्त पार्ने ट्रम्पको रणनीति, टिकटकपछि अलिबाबासहितका चिनियाँ कम्पनीमा प्रतिबन्ध लगाउने तयारी

चिनियाँ व्यापार ध्वस्त पार्ने ट्रम्पको रणनीति, टिकटकपछि अलिबाबासहितका चिनियाँ कम्पनीमा प्रतिबन्ध लगाउने तयारी



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीहरुविरुद्ध कडा नति अख्तियार गरिरहेका छन् । चीन–अमेरिकाको व्यापार युद्धमा ट्रम्प जसरी पनि चिनियाँ व्यापार ध्वस्त पार्ने रणनीतिामा अघि बढिरहेका छन् । शनिबार अलिबाबासहितका केही चिनियाँ कम्पनीमा दबाब बढाउनसक्ने बताएका छन्।

ट्रम्पले यसअघि हुवावे, टिकटकजस्ता चर्चित चिनियाँ प्रविधि कम्पनी अमेरिकामा प्रतिबन्ध लगाइसकेका छन् । अमेरिका र चीनबीच विभिन्न विषयमा विवाद जारी रहँदा ट्रम्प चिनियाँ कम्पनीहरु प्रति आक्रामक बन्दै गएका हुन् ।

अमेरिकाले चिनियाँ सामग्री विश्वका कुनै देशले प्रयोग गर्न नहुने धाराणा राख्दै आएको छ । यसबीचमा शनिबार एक पत्रकार सम्मेलनमा ट्रम्पले अलिबाबासहितका केही चिनियाँ कम्पनीमा पनि प्रतिबन्ध लगाउनसक्ने बताएका हुन् ।

टिकटक र हुवावे अमेरिकी सुरक्षाका लागि खतरा भएको अमेरिकी ठहर छ। यी कम्पनीमाथि चिनियाँ सरकारको जासुसीको माध्यमको रुपमा काम गरेको आरोप लाग्ने गरेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्