Logo

ट्रम्पको व्यापारिक साम्राज्य सम्हाल्दै आएका भाइ रोबर्ट गम्भीर बिरामी, ट्रम्पले भने-उसको अवस्था नाजुक छ

ट्रम्पको व्यापारिक साम्राज्य सम्हाल्दै आएका भाइ रोबर्ट गम्भीर बिरामी, ट्रम्पले भने-उसको अवस्था नाजुक छ



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्प गम्भीर रुपमा बिरामी भएका छन् । ह्वाइट हाउसले ७२ वर्षीय रोबर्टलाई न्यूयोर्कको एक अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ ।

उनको स्वास्थ्यबारे थप जानकारी नदिएता पनि अन्तर्राष्ट्रिय मिडियाले उनको हालत गम्भीर भएको बताएका छन् ।

यसअघि शुक्रबार ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केलिग म्याकनेनीले एबीसी न्यूजसँग रोबर्टलाई अस्पताल भर्ना गरिएको पुष्टि गरेकी थिइन्, पछि ट्रम्पले यसबारे जानकारी दिए ।

‘मसँग निकै उत्कृष्ट भाइ छन् । पहिलो दिनदेखि नै हामीबीच निकै मधुर सम्बन्ध रह्यो,’ डोनल्ड ट्रम्पले पत्रकारलाई भने । ‘र अहिले उनी अस्पतालमा छन् । उनी चाँडै निको होलान् भन्ने आशा गरेको छु तर उनको अवस्था नाजुक छ ।’ रोबर्टले राष्ट्रपति ट्रम्पको रियल–स्टेट बिजनेस सम्हाल्दै आएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL