Logo

भारतमा कोरोनाको तीन भ्याक्सिनको ट्रायल चलिरहेको छ, छिट्टै ठुलो संख्यामा उत्पादन शुरु हुन्छ : भारतीय प्रधानमन्त्री मोदी

भारतमा कोरोनाको तीन भ्याक्सिनको ट्रायल चलिरहेको छ, छिट्टै ठुलो संख्यामा उत्पादन शुरु हुन्छ : भारतीय प्रधानमन्त्री मोदी



काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा तीन तीन वटा कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको बताएका छन् ।

भारतको ७४औ स्वतन्त्रता दिवसको अवसरमा नयाँ दिल्लीस्थित लाल किल्लाबाट देशबासीलाई सम्बोधन गर्दै मोदीले भारतमा तीन वटा कोरोना भ्याक्सिनको ट्रायल विभिन्न चरणमा भइरहेको बताएका छन् ।

मोदीले यसको मन्जुरी मिल्ना साथ ठुलो संख्यामा उत्पादन शुरु गरिने बताएका छन् ।साथै मोदीले नेशनल डिजिटल हेल्थ मिशनको शुरुवात गर्ने घोषणा गरेका छन् ।

यस अन्तर्गत उनले सबै नागरिकलाई हेल्थ आइडी दिने र यसमा नागरिकका स्वास्थ्य सम्बन्धि सबै जानकारी राखिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL