Logo

कुखुराकाे मासुमा पनि भेटियाे काेराेना संक्रमण

कुखुराकाे मासुमा पनि भेटियाे काेराेना संक्रमण



काठमाडौं। कुखुराको मासुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । ब्राजिलबाट चिनको शेन्जेनको लंगग जिल्लामा आयात गरिएको कुखुराको पखेटामा बुधवार कोरोना भाइरसको संक्रमण पत्ता लागेको सीएनएनमा उल्लेख छ । अधिकारीहरूले ब्रान्डको नाम भने नलिएको जनाएको छ ।

शेन्जेन स्वास्थ्य अधिकारीहरूले उत्पादनको साथ सम्पर्कमा आएकाहरुलाई तुरून्त परीक्षण गर्दा सबैको परिणामहरू नकारात्मक आएको जनाएको छ । हाल सबै सम्बन्धित उत्पादनहरू बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) र युएस रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) लगायत स्वास्थ्य अधिकारीहरूले भनेका छन् , ‘खानाको माध्यमबाट भाइरस सर्ने सम्भावना कम छ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL