Logo

कोरोना भाइरससम्बन्धी गलत जानकारीका कारण ३ महिनामा कम्तीमा ८०० जनाको मृत्यु

कोरोना भाइरससम्बन्धी गलत जानकारीका कारण ३ महिनामा कम्तीमा ८०० जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरस सम्बन्धी गलत जानकारीका कारण यो वर्ष (सन् २०२०) को पहिलो तीन महिनामा कम्तीमा ८०० जनाको ज्यान गएको अनुसन्धानकर्ताले बताएका छन् ।

अमेरिकन जनर्ल अफ ट्रपिकल मेडिसिन एण्ड हाइजेनमा प्रकाशित अनुसन्धान प्रतिवेदनका अनुसार सामाजिक सञ्जालमा कोरोना भाइरस सम्बन्धी गलत जानकारीका कारण झण्डै ५८ सय मानिस अस्पताल भर्ना भएका थिए ।

ज्यान गुमाउने मध्ये अधिकांशले मेथानोल वा रक्सीमा आधारित सफाइ सामग्री खाएका थिए । उनीहरुले ती चिजले कोरोना भाइरसको संक्रमणबाट जोगाउने वा संक्रमण निको पार्ने गलत सूचनामा विश्वास गरेका थिए ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले यसअघि नै कोरोना भाइरसलाई लिएर विश्वमा भयानक रुपमा ‘इन्फोडेमिक’ अर्थात लगत सूचनाको महामारी फैलिएको भन्दै चिन्ता व्यक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL