Logo

उत्तर कोरियामा पनि देखियो कोरोना, नेता किम जोंग उनले बोलाए आपतकालीन बैठक

उत्तर कोरियामा पनि देखियो कोरोना, नेता किम जोंग उनले बोलाए आपतकालीन बैठक



काठमाडौँ । उत्तर कोरियामा पनि कोरोनाको पहिलो केस देखिएको छ । उत्तर कोरियाको सरकार समाचार कोरियन एजेन्सी सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले उत्तर कोरियामा कोरोनाको पहिलो केस रिपोर्ट भएको जानकारी दिएको छ ।

देशमा कोरोनाको पहिलो केस देखिएपछि उत्तर कोरियाका नेता किम जोंग उनले आपतकालिन बैठक गरेको केसीएनएले जानकारी गराएको छ । रिपोर्टमा संक्रमित व्यक्ति जुलाई १९ मा दक्षिण कोरियाबाट काएसँग शहर हुदै आएका थिए । उनीलाई अहिले आवश्यक उपचार गर्दै क्वारेन्टाइनमा राखिएको केसिएनएले बताएको छ ।

नेता किमले अहिले आइसोलेसनका सबै उपाय अपनाउन निर्देशन दिदै काएसँग शहर इलाकालाई सतर्क बनाएको बताइएको छ । केसिएनएले आर्मीले अवैधानिक रुपमा संक्रमित उत्तर कोरिया आएको विषयमा छानबिन गर्ने जनाएको छ ।

यस अघि उत्तर कोरियामा कोरोना संक्रमित रहेको बताइएपनि संक्रमण भएको आधिकारिक पुष्टि भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
MBL