Logo

कोरोना कहर : विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ३० हजार नाघ्यो, ९३ लाख ५० हजार (अपडेट)

कोरोना कहर : विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ३० हजार नाघ्यो, ९३ लाख ५० हजार (अपडेट)



काठमाडौं । विश्वव्यपी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बिहिबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ३० हजार १ सय ९३ पुगेको छ भने संक्रमितको संख्या १ करोड ५३ लाख ७३ हजार ६ सय १४ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ९३ लाख ४९ हजार १ सय ९२ जना उपचारपछि निको भएका छन् ।

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ४६ हजार १ सय ८३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख ८ सय ७५ पुगेको छ ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ८२ हजार ८ सय ९० पुगेको छ भने संक्रमितको संख्या २२ लाख ३१ हजार ८ सय ७१ पुगेको छ ।

त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार ७ सय ४५ पुगेको छ भने संक्रमितको संख्या ७ लाख ८९ हजार १ सय ९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL