Logo

रुसपछि अमेरिकाद्वारा चीनमाथि कोरोना भ्याक्सिन अनुसन्धान चोरी प्रयासको आरोप

रुसपछि अमेरिकाद्वारा चीनमाथि कोरोना भ्याक्सिन अनुसन्धान चोरी प्रयासको आरोप



काठमाडौं । अमेरिकाले चीनमाथि कोरोना भ्याक्सिनबारेको सूचना लिन ह्याकरलाई सहयोग गरेको आरोप लगाएको छ । अमेरिकी अधिकारीहरुले चीनका दुई नागरिकलाई कोरोना भ्याक्सिनका बारेमा भएको अनुसन्धानको जासुसी गरेको आरोप लगाउदै उनीहरुलाई चीन सरकारले सहयोग गरेको आरोप लगाएको छ ।

अमेरिकाले चिनियाँ साइबर जासुसको विरुद्ध अभियान नै चलाएर अनुसन्धान गरिरहेको छ र यसैक्रममा यो विषय बाहिर आएको बिबिसीले उल्लेख गरेको छ । पछिल्लो सातामात्र बेलायत, अमेरिका र क्यानाडाले रुसमाथि कोरोना भ्याक्सिनसँग सम्बन्धित अनुसन्धान चोरेको आरोप लगाएका थिए ।

अमेरिकाले चीनका दुई नागरिक ली शियाओयू र डाग जियाजीमाथि भ्याक्सिन बारेको अनुसन्धानमा जासुसी गरेको आरोप लगाएको छ । उनीहरु इलेक्ट्रिक इन्जिनियरिङका पूर्वविद्यार्थी भएको बताइएको छ ।

यी दुवै विद्यार्थी अहिले चीनमा रहेको र उनीहरुलाई चीन सरकारले सहयोग गरिरहेको अमेरिकाको आरोप छ । अमेरिकाका अनुसार दुवैले जनवरीमा म्यासच्युट्सस्थित एक बायोटेक कम्पनीको ह्याक गर्ने प्रयास गरेका थिए जसले कोरोना बारे अनुसन्धान गरिरहेको थियो । साथै उनीहरुले मेरिल्याण्डस्थिति एक कम्पनिलाई पनि ह्याक गर्ने कोशिस गरेका थिए ।

अमेरिकाले यी दुवै चिनियाँ नागरिक हालै अस्ट्रेलिया, बेल्जियम, जर्मनी, जापान, नेदरल्यान्ड्स, स्पेन, स्वीडेन र ब्रिटेनस्थिति ति कम्पनिहरु र बायोटेक फर्मलाई निशाना बनाएका छन् जसले कोरोनाको भ्याक्सिनका बारेमा अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL