Logo

अक्सफोर्डका वैज्ञानिकलाई कोरोनाविरुद्ध खोप बनाएकामा डब्लूएचओले दियो बधाई, भन्यो-खोप पैसा नहुनेले पनि प्राप्त गर्नुपर्छ

अक्सफोर्डका वैज्ञानिकलाई कोरोनाविरुद्ध खोप बनाएकामा डब्लूएचओले दियो बधाई, भन्यो-खोप पैसा नहुनेले पनि प्राप्त गर्नुपर्छ



काठमाडौं। सारा विश्वले प्रतिक्षा गरिरहेको कोरोनाविरुद्ध बनेको खोप परीक्षणको सकारात्मक परिणाम प्राप्त भइरहेकोप्रति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले स्वागत व्यक्त गरेको छ । तर, महामारीविरुद्ध लड्न अझै धेरै काम गर्न बाँकी रहेको बताएको छ ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा। माइक रायनले कोरोनाविरुद्ध खोप बनाइरहेको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिएका छन् । तर सँगैसँगै उनले भने, ‘यो सकारात्मक परिणाम हो, तर अझै लामो बाटो पार गर्न बाँकी छ ।’

उनले खोपको परीक्षण ‘वास्तविक विश्व’ मा ठूलो मात्रामा हुन आवश्यक रहेको बताए । कोरोनाविरुद्ध भनेर अहिले विश्वमा २३ वटा खोप बनिरहेका छन् । डा। रायनले भने, ‘उपचार खोज्ने क्रममा धेरै वटा खोप निर्माण भई रहनु राम्रो कुरा हो ।’

डब्लूएचओका महानिर्देशक डा टेड्रोसल एडहानम गेब्रियससले सफल खोप सबैले प्राप्त गर्नुपर्नेमा जोड दिएका छन् । धेरै देशले खोप निर्माणलाई ‘एउटा वैश्विक सार्वजनिक सेवा’ का रूपमा लिइरहेका छन् भने केही विपरीत दिशामा पनि देखिएका छन् ।

उनले भने, ‘जबसम्म यसमा आम सहमति हुँदैन, तबसम्म जोसँग पैसा हुन्छ, उसले मात्र खोप पाउने र अन्यले नपाउने अवस्था आउँछ ।’ उनले जबसम्म खोप बन्दैन, तबसम्म ‘हामीले ज्यान बचाउनु पर्छ’ भने । बीबीसी

प्रतिक्रिया दिनुहोस्
MBL