Logo

कोरोना कहर : कोरोना संक्रमित निको हुने क्रम बढ्दो, विश्वभर ५२ लाख ५५ हजारभन्दा धेरै कोरोना संक्रमित निको भए

कोरोना कहर : कोरोना संक्रमित निको हुने क्रम बढ्दो, विश्वभर ५२ लाख ५५ हजारभन्दा धेरै कोरोना संक्रमित निको भए



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ५२ लाख ५५ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५२ लाख ५५ हजार ७ सय ५८ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ४ लाख ९१ हजार ७ सय ८३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ९७ लाख १० हजार २ सय ५ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख २६ हजार ७८० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २५ लाख ४ हजार ५८८ पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार १ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ६४९ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या १२ लाख ३३ हजार १४७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १८० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५५ हजार ५४ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार ३०८ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ हजार १८५ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको ४ लाख ९१ हजार १७० पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्