Logo

अक्सफोर्ड युनिभर्सिटीले निर्माण गरेको कोरोना भ्याक्सिन मानिसमा परिक्षण सुरु, यस्तो छ सफल हुने सम्भावना

अक्सफोर्ड युनिभर्सिटीले निर्माण गरेको कोरोना भ्याक्सिन मानिसमा परिक्षण सुरु, यस्तो छ सफल हुने सम्भावना



काठमाडौं । कोरोना महामारीको उपचारका लागि अक्सफोर्ड युनिभर्सिटीले काम गरिरहेको भ्याक्सिनको मानवमा परीक्षण सुरु गरिएको छ । अक्सफोर्डले बुधबार पहिलोपटक अफ्रिकामा भ्याक्सिनको मानव परीक्षण सुरु गरेको हो ।

दक्षिण अफ्रिकामा गरिएको ह्युमन ट्रायलमा दुई हजार भोलेन्टियर सहभागी छन् । जसमा १८ देखि ६५ उमेर समूहका मानिस छन् । परीक्षणमा सहभागी हुनेमध्ये केही एचआईभी संक्रमित पनि छन् । ती मानिसमा भ्याक्सिन दिए पनि १२ महिनासम्म निरीक्षण गरेर त्यसको प्रभावकारिताबारे परीक्षण गरिने बीबीसीले जनाएको छ ।

विश्वभर कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा जीवनरक्षक औषधिको खोजीका लागि रिसर्च पनि भइरहेको छ । ब्राजिलको साओ पालोस्थित फेडरल युनिभर्सिटीका शोधकर्ताहरूले पनि भ्याक्सिनको मात्रा भोलेन्टियरहरूलाई दिएका छन् ।

विश्वभर कोरोना महामारी तीव्र रूपमा फैलिएका देशमध्ये पर्ने भएकाले ब्राजिललाई छनोट गरिएको बीबीसीले जनाएको छ । बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्