Logo

विश्वभर संक्रमित बढेसँगै अक्सिजन सिलिन्डरको कमी, प्रतिदिन ८८ हजार ठूला सिलिन्डर अक्सिजन आवश्यक

विश्वभर संक्रमित बढेसँगै अक्सिजन सिलिन्डरको कमी, प्रतिदिन ८८ हजार ठूला सिलिन्डर अक्सिजन आवश्यक


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर कोरोना संक्रमितको संख्या वृद्धि भएपछि अक्सिजन कन्स्ट्रेटर (अक्सिजन सिलिन्डर) को कमी भएको जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनहोम गेब्रियासेसले विका धेरै देश अक्सिजन कन्स्ट्रेटरको कमीसँग जुधिरहेको बताएका छन् । ‘यतिबेला यो मेसिनको माग आपूर्तीभन्दा बढी भएको छ’ पत्रकार सम्मेलनमा गेब्रियासेस भने ।

हरेक हप्ता १० लाख कोरोना संक्रमित थपिने गरेको बताउँदै उनले भने, ‘प्रतिदिन ८८ हजार ठूला सिलिन्डर अक्सिजन र ६ दशमलव २० लाख क्यूबिक मिटर अक्सिजनको आवश्यकता परिरहेको छ ।’

यस्तै, विश्व स्वास्थ्य संगठनले हालसम्म १४ हजार अक्सिजन कन्स्ट्रेटर खरिद गरेको र केहि हप्ताभित्र १२० देशमा पठाउने योजना बनाएको गेब्रियासेस बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL