Logo

कोरोना कहर : विश्वभर ९२ लाख ७२ हजार बढीमा संक्रमण, ५८ हजार जनाको अवस्था गम्भीर (अपडेट)

कोरोना कहर : विश्वभर ९२ लाख ७२ हजार बढीमा संक्रमण, ५८ हजार जनाको अवस्था गम्भीर (अपडेट)


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ७६ हजार ६ सय २७ पुगेको छ । बुधबार बिहानसम्म विश्वव्यापी महामारीको रुपमा फैलिएको विश्वभरका ९२ लाख ७२ हजार ४ सय १ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ४९ लाख ९४ हजार ३ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ९ सय ३४ जनाको अवस्था गम्भीर रहेको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार ८२ पुगेको छ । बितेको २४ घण्टामा १५ हजार ७ सय ८२ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २४ लाख ३ हजार ९ सय ३५ पुगेको छ । हालसम्म १० लाख ५ हजार ६ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ५ सय १० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ४ सय ७२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ५१ हजार ५ सय २ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ६ हजार ८२ जनामा कोरोना संक्रमण देखिएको र ९५ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ब्राजिलमा ११ लाख १७ हजार ४ सय ३० जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ५ लाख ९४ हजार १ सय ४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म ५ लाख ९९ हजार ७ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ७ हजार ४ सय २५ जनामा कोरोना संक्रमण देखिएको र १ सय ५३ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा ८ हजार ३ सय ५९ जनाको ज्यान गएको र संक्रमितमध्ये ३ लाख ५६ हजार ४ सय २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा १५ हजार ३ सय ८० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख ५५ हजार ८ सय ३० पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा १८ हजार ८ सय ८३ जनाको ज्यान गएको र २ लाख ५८ हजार ५ सय २३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण ४ सय ६८ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४२ हजार ९ सय २७ पुगेको छ । बितेको २४ घण्टामा ९ सय २१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ६ हजार २ सय १० पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण ४ सय ६८ जनाले ज्यान गुमाएको र संक्रमितमध्ये ३ सय ३० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै स्पेनमा बितेको २४ घण्टामा २ सय ४८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९३ हजार ८ सय ३२ पुगेको छ । हालसम्म २८ हजार ३ सय २५ जनाको कोरोनाको कारण ज्यान गएको र बितेको २४ घण्टामा मात्र १ जना मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार २ सय २३ पुगेको छ । हालसम्म २ लाख ५७ हजार ४ सय ४७ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ लाख ४५ हजार ३ सय २० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ६ सय ७५ पुगेको छ । बितेको २४ घण्टामा १ सय १३ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ३३ पुगेको छ । हालसम्म १ लाख ८४ हजार ५ सय ८५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये १ सय १५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्