Logo

कोरोना कहर : विश्वभर साढे ४९ लाख कोरोना संक्रमित निको भए, ज्यान गुमाउनेको संख्या ४ लाख ७५ हजार (अपडेट)

कोरोना कहर : विश्वभर साढे ४९ लाख कोरोना संक्रमित निको भए, ज्यान गुमाउनेको संख्या ४ लाख ७५ हजार (अपडेट)



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड(१९) को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका करीब साढे ४९ लाख मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४९ लाख ३७ हजार १ सय ८१ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ४ लाख ७४ हजार ३ सय ७ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ९१ लाख ८७ हजार २ सय ५८ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख २२ हजार ६०२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २३ लाख ८७ हजार २३९ पुगेको छ। सोमबार त्यहाँ ३० हजार पाँच सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३५५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या ११ लाख ११ हजार ३४८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७ सय ४८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५१ हजार ४०७ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार १५ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ५४० जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको ४ लाख ४० हजार ४५० पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्