Logo

कोरोना कहर : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ७० हजार नाघ्यो, दैनिक डेढ लाख हाराहारी संक्रमित थपिदैं

कोरोना कहर : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ७० हजार नाघ्यो, दैनिक डेढ लाख हाराहारी संक्रमित थपिदैं



काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ४ लाख ७० हजार ६ सय ६५ पुगेको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ९० लाख ३८ हजार ८०७ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ४८ लाख ३३ हजार ५७४ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख २२ हजार २४७ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ५० हजार ६५९ जना, बेलायतमा ४२ हजार ६३२ जना, इटालीमा ३४ हजार ६३४ जना र फ्रान्समा २९ हजार ६४० जनाको मृत्यु भएको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २३ लाख ५६ हजार ६५५ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा १० लाख ८६ हजार ९९० जना, रसियामा ५ लाख ८४ हजार ६८० जना, भारतमा ४ लाख २६ हजार ९१० जना र बेलायतमा ३ लाख ४ हजार ३३१ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा अमेरिकामा ९ लाख ७९ हजार ७९० जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ५ लाख ७९ हजार ७९० जना, रसियामा ३ लाख ३९ हजार ७११, भारतमा २ लाख ३७ हजार २५२ र चिलीमा २ लाख ५६९ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्