Logo

चीनमा फेरि कोरोना संक्रमितहरु थपिए, सबैभन्दा ठूलो खाद्य बजार बन्द गरियो

चीनमा फेरि कोरोना संक्रमितहरु थपिए, सबैभन्दा ठूलो खाद्य बजार बन्द गरियो



काठमाडौं । चीनमा फेरि कोरोना भाइरसका २५ नयाँ संक्रमितहरु फेला परेका छन् । ति मध्ये २२ संक्रमितहरु बेइजिङमा फेला परेका हुन् ।

त्यस्तै बाँकी तीन संक्रमितहरु छिमेकी प्रान्त हेबेईमा देखिएको छ । त्यस्तै बाँकी तीन संक्रमितहरु छिमेकी प्रान्त हेबेईमा देखिएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार राजधानीमा हालसम्म २३ लाख व्यक्तिको नमूना लिइएको छ । साथै, भाइरस फैलिनबाट जोगाउन सबैभन्दा ठूलो खाद्य बजारलाई यहाँ बन्द गरिएको छ ।

चीनमा अहिलेसम्म कुल जम्मा संख्या ८४ हजार ५ सय ५३ रहेको छ भने ४ हजार ६ सय ३९ व्यक्तिको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL