Logo

कोरोना कहर : यस्तो छ विश्वभर कोरोनाबाट संक्रमित, निको हुने र मृत्यु हुनेको पछिल्लो विवरण (अपडेट)

कोरोना कहर : यस्तो छ विश्वभर कोरोनाबाट संक्रमित, निको हुने र मृत्यु हुनेको पछिल्लो विवरण (अपडेट)



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर ४ लाख ६६ हजार ७ सय १० बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४७ लाख ३८ हजार ५ सय ३८ जना कोरोना निको भएर घर फर्केका छन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८९ लाख १४ हजार ७ सय ८२ पुगेको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १ लाख २१ हजार ९८० पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ३४ हजार ९२२ जना संक्रमित पुष्टि भसँगै अमेरिकामा संक्रमितको संख्या २३ लाख ३० हजार ३११ पुगेको छ । अमेरिकामा अहिलेसम्म ९ लाख ७२ हजार ५०५ जना निको भएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा मृत्यु हुनेको संख्या ५० हजार ५८ पुगेको छ । त्यहाँ अहिलेसम्म १० लाख ७० हजार १३९ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये अहिलेसम्म ५ लाख ४३ हजार १८६ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख ७६ हजार ८९५ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्