Logo

दैनिक डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिएपछि डब्लुएचओको चेतावनी, भन्यो–संसार भयावह चरणमा

दैनिक डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिएपछि डब्लुएचओको चेतावनी, भन्यो–संसार भयावह चरणमा



काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारी झन् खतरनाक बनेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एकै दिन डेढ लाखभन्दा बढीका दरले संक्रमित थपिन थालेपछि स्थित भयावह रहेको भन्दै खतरनाक अवस्थाबारे जानकारी दिएको हो ।

बितेको २४ घन्टामा एक लाख ७६ हजार संक्रमित भइसकेका छन् । कुल संक्रमित संख्या ८७ लाख ४६ हजार नाघेको छ । मृतक संख्या ४ लाख ६१ हजार कटेको छ ।

अमेरिकामा संक्रमित संख्या २२ लाख ९६ हजार पुगेको छ । त्यहाँ एक लाख २१ हजारको संक्रमणबाट मृत्यु भएको छ । ब्राजिलमा संक्रमित संख्या १० लाख कटेको छ । जसमध्ये ४९ हजारको मृत्यु भएको छ । रुसमा ५ लाख ६९ हजार संक्रमितमध्ये ७ हजार ८ सयको मृत्यु भएको । भारतमा ३ लाख ९५ हजार संक्रमित हुँदा १२ हजार ९ सयको मृत्यु भएको छ ।

सँसारभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आडानोम गेब्रिसेसले विश्व नयाँ र त्रासदीपूर्ण चरणमा रहेको औल्याएका छन् । उनले शुक्रबार भने, विश्व नयाँ र भयावह चरणमा छ । अवस्थाको अवस्था झनै डरलाग्दो हुनेतर्फ सचेत गराए ।

मानिसहरु घरमा बस्दा वाक्क भएर समाज र अर्थतन्त्र सुचारु गर्न खोजिरहेकोतर्फ औलयाउँदै भने, भाइरस छिटो छिटो फैलिइरहेछ । भाइरस डरलाग्दो भएको र धेरै मानिसहरु अझै असंवेदनशील देखिएकोमा चिन्ता व्यक्त गरे ।

विश्वभर कोरोना संक्रमित संख्या एक करोडतर्फ बढिरहँदा डब्लुएचओको भनाई आएको हो । संक्रमित वृद्धि भएपनि धेरै देशले लकडाउन खोलिसकेका छन् । यसले संक्रमण झन् फैलन थालेको छ । तर, सर्वसाधारण लकडाउन लम्ब्याइरहँदा भोकमरीको खतराबाट सतर्क भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्