Logo

कोरोना कहर : संक्रमितको संख्या साढे ८२ लाख नाघ्यो, निको भएर घर फर्किनेको संख्या ४३ लाख (अपडेट)

कोरोना कहर : संक्रमितको संख्या साढे ८२ लाख नाघ्यो, निको भएर घर फर्किनेको संख्या ४३ लाख (अपडेट)



काठमाडौं । विश्वभर कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या ८२ लाख ५१ हजार ६८ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ४ लाख ४५ हजार १८५ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ४२ लाख ९९ हजार २२२ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ८ हजार २४४ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ ।

अहिलेसम्म ब्राजिलमा ९ लाख २८ हजार ८३४ जना, रसियामा ५ लाख ४५ हजार ४५८ जना, भारतमा ३ लाख ५४ हजार १६१ जना र बेलायतमा २ लाख ९८ हजार १३६ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख १९ हजार १२९ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ४५ हजार ४५६ जना, बेलायतमा ४१ हजार ९६९ जना, इटालीमा ३४ हजार ४०५ जना र फ्रान्समा २९ हजार ५४७ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा ८ लाख ९९ हजार ५०३ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ४ लाख ६४ हजार ७७४ जना, रसियामा २ लाख ९४ हजार ३०६, भारतमा १ लाख ८७ हजार ५५२ र इटालीमा १ लाख ७८ हजार ५२६ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्