Logo

मास्क लगाउनु नै कोरोना संक्रमण मान्छेबाट मान्छेमा सर्न नदिने सबैभन्दा प्रभावकारी उपाय साबित भएको अध्ययनको निष्कर्ष

मास्क लगाउनु नै कोरोना संक्रमण मान्छेबाट मान्छेमा सर्न नदिने सबैभन्दा प्रभावकारी उपाय साबित भएको अध्ययनको निष्कर्ष



काठमाडौं । कोरोनाको संक्रमणलाई एक व्यक्तिबाट अर्कोमा सर्न नदिने उपयुक्त तरिका मास्क लगाउनु नै भएको एक अध्ययनले देखाएको छ । टेक्सस र क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरुको एक टोलीले इटली र न्युयोर्कमा मास्क लगाउँदा र नलगाउँदाका संक्रमण दरको तुलनात्मक अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन् ।

जसमा दुवै स्थलमा मास्क लगाउनु अनिवार्य बनाइएपछि मात्र संक्रमणको संख्यामा कमी आएको अध्ययनले देखाएको हो । सार्वजानिक स्थलमा ‘फेस मास्क’ लगाउनु नै मान्छेबाट मान्छेमा सर्न नदिने सबैभन्दा प्रभावकारी उपाय साबित भएको प्रतिवेदनमा उल्लेख छ ।

यसपछि सामाजिक दुरी, क्वारेन्टिन अनि कन्ट्याक्ट ट्रेसिङले पनि खोप निर्माण हुनु अगाडि कोरोना नियन्त्रणमा मुख्य भूमिका खेलिरहेको प्रतिवेदनले जनाएको छ । भाइरस सबैभन्दा बढी मान्छेले खोकेर वा हाँक्ष्यु गर्दा सीधै अर्को व्यक्तिमा सर्ने गरेको पाइएको हो ।

यसबारे स्पष्ट पत्ता लगाउन उनीहरुले कोरोनाको एपिसेन्टर वुहान, चीन, इटली र न्युयोर्कमा संक्रमणको ट्रेन्डबारे अनुसन्धान गरिएको थियो ।

यसमा मास्क लगाउनुले हावाबाट हुने संक्रमण र सिधा सम्पर्कबाट भाइरस सर्न जोगाउने हुनाले नै सबैभन्दा उचित तरिका साबित भएको हो ।

त्यस्तै सामाजिक दुरी, क्वारेन्टिन र आइसोलेसनले अर्को व्यक्तिसँग सम्पर्कमा आउन नदिने हुँदा संक्रमण दर न्युनिकरण गराउने तर हावा मार्फत हुन सक्ने संक्रमणबाट भने सुरक्षित राख्न नसक्ने बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्