Logo

कोरोना संक्रमित निको हुने क्रम बढ्यो, विश्वभर ४० लाख ३५ हजारभन्दा धेरै कोरोना संक्रमित निको भए

कोरोना संक्रमित निको हुने क्रम बढ्यो, विश्वभर ४० लाख ३५ हजारभन्दा धेरै कोरोना संक्रमित निको भए



काठमाडौं । विश्वभर कोरोना भाइरस ९कोभिड(१९०को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ४० लाख ३५ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार ४० लाख ३५ हजार ७ सय ८७ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । बढी प्रभावित अमेरिका, ब्राजिल, इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ४ लाख ३२ हजार २०० जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ७८ लाख ६० हजार ७३० छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २४ हजार ८६५ जना संक्रमित थपिएसँगै त्यहाँ संक्रमित हुनेको संख्या २१ लाख ४१ हजार ७८७ पुगेको छ । महामारीले १ लाख १७ हजार ५२४ जनाको मृत्यु भएको छ भने कुल संक्रमितमध्ये ८ लाख ५० हजार २२३ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख २१ हजार ६२६ पुगेको छ । एकैदिन ३०९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ९ हजार १९९ पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ६२ हजार ३२६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL