Logo

कोरोना कहर : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २७ हजार नाघ्यो, निको भएर घर फर्कनेको संख्या ४० लाख नजिक (अपडेट)

कोरोना कहर : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २७ हजार नाघ्यो, निको भएर घर फर्कनेको संख्या ४० लाख नजिक (अपडेट)



काठमाडौं । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ४ लाख २७ हजार ६८३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ७७ लाख २५ हजार ४७१ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ३९ लाख १९ हजार ३१८ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख १६ हजार ८१९ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ४१ हजार ९०१ जना, बेलायतमा ४१ हजार ४८१ जना, इटालीमा ३४ हजार २२३ जना र फ्रान्समा २९ हजार ३७४ जनाको मृत्यु भएको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख १६ हजार ४४२ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा ८ लाख २९ हजार ९०२ जना, रसियामा ५ लाख ११ हजार ४२३ जना, भारतमा ३ लाख ९ हजार ६०३ जना र बेलायतमा २ लाख ९२ हजार ९५० जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा अमेरिकामा ८ लाख ३९ हजार ८२८ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ३ लाख ९६ हजार ६९२ जना, रसियामा २ लाख ६९ हजार ३७०, इटालीमा १ लाख ७३ हजार ८३ र जर्मनीमा १ लाख ७१ हजार ६०० जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्