Logo

चीनले आफ्नै देशमा निर्मित विमान प्रयोगमा ल्याउने, चाइना एक्सप्रेसले बुक गर्यो १ सय वटा बिमान

चीनले आफ्नै देशमा निर्मित विमान प्रयोगमा ल्याउने, चाइना एक्सप्रेसले बुक गर्यो १ सय वटा बिमान



काठमाडौं । चिनियाँ कम्पनी कमर्सियल एयरक्राफ्ट कर्पोरसन अफ चाइनासँग चिनियाँ क्यारियर चाइना एक्सप्रेसले विमान किन्ने सम्झौता गरेको छ । स्वेदशमा उत्पादन भइरहेको सय वटा विमान चाइना एक्सप्रेसले उक्त कम्पनीसँग किन्न सम्झौता गरेको हो ।

एआरजे २१, जेटलाइनर, सी ९१९ जस्ता विभिन्न प्रकारका १०० वटा विमानहरु चाइना एक्सप्रसले किन्ने भएको छ । उक्त विमानहरुलाई चीनको ड्रिम प्रोजक्ट वेल्ट एण्ड रोड इनिसिएटिभमा सहयोग पुर्याउने जनाइएको छ । अफ्रिकी मुलुहरुको सहायता गर्न समेत विमानहरु उपयोगी हुने छ । स्वेदशी विमान खरिद गर्दा स्वदेशी कम्पनीलाई प्रोत्साहन हुने चीनको अर्थ बजारमा मद्दत पुग्ने जनाइएको छ ।

विमानहरुको मेनटिनेन्स र प्रविधि जडानका लागी उक्त कम्पनीहरुलाई ठूलो प्रयासको अवसर मिल्ने र मार्केटको आकारमा वृद्वि हुने जनाइएको छ ।

चीनको निजी विमान कम्पनीले विमानहरु बजार उन्मुख भए काम गर्न शुरु गरेको जनाइसकेको छ । कम्पनीले एआरजे २१ लाई सरकार सामू पठाइसकेको छ । एआरजे २१ ले ५० वटा गन्तव्यमा उडान समेत भरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL