Logo

कोरोना भाइरसमा मौसमको प्रभावबारे डब्लूएचओको स्पष्टीकरण, जाडो-गर्मी दुवै सिजनमा उत्तिकै फैलिन सक्ने

कोरोना भाइरसमा मौसमको प्रभावबारे डब्लूएचओको स्पष्टीकरण, जाडो-गर्मी दुवै सिजनमा उत्तिकै फैलिन सक्ने



काठमाडौं । कोरोना भाइरसमा मौसम परिवर्तनको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट नरहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ । डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले नियमित प्रेस ब्रिफिङमा पृथ्वीको दक्षिण ध्रुवमा जाडो मौसम आउँदा कोरोना भाइरसको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट नरहेको बताएका हुन् ।

उहाँले कोरोना भाइरसको सङ्क्रमण जाडो याममा थप तीव्र गतिमा हुन्छ वा सङ्क्रमणको जोखिम कम हुन्छ भन्ने अहिले भन्न सक्ने अवस्था नरहेको बताउनुभयो । यस्तै पृथ्वीको उत्तरी ध्रुवमा गर्मीयामको आगमनसँगै कोरोना भाइरसमा कस्तो प्रभाव पर्छ भन्ने पनि स्पष्ट नरहेको उनको भनाइ छ ।

त्यसैल मौसमले कोरोना भाइरसको प्रभाव कम वा बढी हुन्छ भन्ने भ्रममा नपरी सावधानी अपनाउन उनले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL