Logo

उत्तर कोरियाले दक्षिण कोरियासँगको सबै सम्पर्क बिच्छेद गर्यो, विश्वभर आशंका उत्पन्न

उत्तर कोरियाले दक्षिण कोरियासँगको सबै सम्पर्क बिच्छेद गर्यो, विश्वभर आशंका उत्पन्न



काठमाडौं । पछिल्लो केही समययता उत्तर कोरिया र दक्षिण कोरियाबीच संघर्ष फेरि बढ्न थालेको छ । उत्तर कोरियाले यहीबीच दक्षिण कोरियासँगको सबै सम्पर्क सन्चारलाई अहिलेका लागि अवरुद्ध गर्ने बताएको छ । यसमा यी दुई देशबीचका प्रमुखहरुबीच हुने सम्पर्क पनि रहेको बिबिसीले उल्लेख गरेको छ ।

दक्षिण कोरियालाई ‘शत्रु’ भन्दै उत्तर कोरियाले यो विभिन्न घटनाहरुको श्रृङ्खलामा पहिलो कदम भएको बताएको छ । मंगलबार बाट नै उत्तर कोरियाली सीमा किआसोङबाट हुने फोनकलहरु पनि अवरुद्ध हुने भएका छन् । यहँ यी दुई देशहरुले एउटा कार्यालय पनि स्थापना गरेका थिए । सन् २०१८ मा स्थापना भएका यी दुई कार्यालयले दुई देशबीचका तनावलाई कम गर्ने प्रयास गरेका थिए ।

कोरियन युद्ध सन् १९५३ मा सकिए पनि यी दुई देशबीच अहिलेसम्म शान्ति सम्झौता भएको छैन । त्यसैले कतिपयले यी दुई देश अहिले पनि युद्धमा रहेको प्रतिक्रिया दिँदै आएका छन् ।

अब उत्तर कोरियाले यी दुई देशबीच समन्वय गर्नका लागि बनेका अफिसहरू पनि बन्द गर्ने भएको छ । कोरियाको न्युज एजेन्सीका अनुसार यो मंगलबारबाट नै सुरु हुने भएको छ । त्यसो त यी समन्वयका लागि बनाइएका कार्यालयहरु जनवरीबाट नै कोभिड १९ का कारण बन्द रहेका छन् । यसले अब उत्तर कोरियाको आगामि योजनाबारे विश्वभर थप आशंका उत्पन्न गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL