Logo

डब्लूएचओले भन्यो–दैनिक कोरोना संक्रमणमा नयाँ विश्व रेकर्ड बन्‍यो, थप सचेत हुनुको विकल्प छैन्

डब्लूएचओले भन्यो–दैनिक कोरोना संक्रमणमा नयाँ विश्व रेकर्ड बन्‍यो, थप सचेत हुनुको विकल्प छैन्



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी दैनिक कोरोना संक्रमणमा आइतबार नयाँ रेकर्ड बनेको जनाएको छ। सोमबार संगठनले कोरोनाको महामारी थप भयावह हुने चेतावनी दिदैं संक्रमण कम हुँदै गएका मुलुकलाई थप सचेत हुन चेतावनी दिएको छ।

ुबितेका १० दिनमा ९ दिन १ लाखका दरले नयाँ संक्रमित रिपोर्ट भएका छन्ु, संगठनका प्रमुख टेड्रोस अदनोम घेब्रेयसस भने, आइतबार १ लाख ३६ हजार नयाँ संक्रमित रिपोर्ट भएका छन्, यो आजसम्मकै उच्च हो।

उनले सोमबार रिपोर्ट भएका संक्रमितमध्ये तीन चौथाई संक्रमित १० मुलुकबाट रहेको बताए । अधिकाशं संक्रमित अमेरिका र दक्षिण एसियाबाट भएको जानकारी उनले दिएका छन्।

यसैगरी युरोपको अवस्थामा सुधार आएको उनको भनाइ छ। टेड्रोसले संक्रमण कम हुँदै गएका मुलुकलाई भाइरसप्रति शालिन रहनु सबैभन्दा ठूलोको खतरा भएको चेतावनी दिएका छन्। महामारीका कारण हालसम्म विश्वका ७० लाख ३३ हजार १ सय मानिसमा संक्रमण प्रमाणित भइसकेको छ।

सोमबार अपरान्हसम्म न्यू योर्क टाइम्सको तथ्यांक अनुसार ४ लाख ३ हजार ३ सय मानिसको कोरोनाका कारण ज्यान गइसकेको छ। मृतकमध्ये एक चौथाई अमेरिकाका नागरिक हुन्।

टेड्रोसले रंगभेद विरूद्ध विश्वव्यापीरूपमा प्रदर्शन गरिरहेका मानिसहरूलाई आफ्नो सुरक्षामा ध्यान दिन आग्रह गरेका छन्। प्रदर्शनकारीलाई प्रदर्शन गर्दा सामाजिक दूरी कायम गर्न, मास्क लगाउन, हात धुन र मुख छोपेर खोक्न र विरामी भएमा घरै बस्न भनेका छन्।

ुकेही देशहरूमा सबै प्रकारका सामुहिक जमघट सुरू हुन थालेकाले हामी भाइरस पुनः नफैलियोस भनेर निश्चिन्त हुन सक्रिय निगरानी रहन आग्रह गर्छौुं टेड्रोसले भने, ुविश्व स्वास्थ्य संगठन समानता र रंगभेदविरूद्धको विश्वव्यापी अभियानको पूर्ण समर्थन गर्छ। हामी हरप्रकारका विभेदलाई अस्वीकार गर्छौं। हामी प्रदर्शनमा सहभागीहरूले सुरक्षात्मकरूपमा प्रदर्शन गरून् भन्ने चाहन्छौं।

प्रतिक्रिया दिनुहोस्
MBL