Logo

कोरोना भाइरसको अर्को दुखद पाटो, विश्व स्वास्थ्य संगठनले भन्यो– महामारीपछि ४ करोड युवाले धुम्रपान सुरु गरे

कोरोना भाइरसको अर्को दुखद पाटो, विश्व स्वास्थ्य संगठनले भन्यो– महामारीपछि ४ करोड युवाले धुम्रपान सुरु गरे



काठमाडौं । कोरोना भाइरस महामारी (कोभिड–१९) महामारीले विश्वका विभिन्न क्षेत्रमा गम्भीर असर पारिरहेको छ ।

यस्तोमा पछिल्लो समय विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सार्वजनिक गरेको नयाँ विषयले थप चिन्ता थपेको छ । डब्लूएचओका अनुसार महामारीपछि सूर्ती र निकोटिन उद्योगले महामारीको फाइदा उठाइरहेका छन् ।

यी उद्योगहरुले सिधारुपमा युवा र बच्चालाई लक्षित गर्दै उत्पादन बढाएको संगठनले स्पष्ट पारेको छ । यी कम्पनीहरुले युवा र बच्चासम्म पहुँच राख्दै सूर्तिजन्य पदार्थको खपत गरिरहेको संगठनको बुझाई छ ।

डब्लूएचओका स्वास्थ्य प्रवर्द्धन निर्देशक रडिगर क्रीच भन्छन्, ‘महामारीको क्रममा संसारमा करिब ४ करोड युवाहरुले धुम्रपानजन्य उत्पादनको प्रयोग सुरु गरेका छन् ।’

उनले अगाडि भने, ‘यदि हामीले यसलाई नरोक्ने हो भने यसअघिको मेहनत पानीमा मिल्छ ।’ महामारीको बीचमा हजारौं मानिसहरुले धुम्रपान छाड्ने प्रयास गरेको पनि संगठनले जनाएको छ । भारत, म्याक्सिको, जोर्डन, इन्डोनेसिया र चीनलगायत मध्य र पूर्वी युरोपमा सूर्तीजन्य पदार्थको खपत बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL