Logo

अमेरिकाले गर्यो डब्लुएचओसँग सम्बन्ध तोडेको घोषणा, चीनसँग साँठगाँठ गरेर सूचना लुकाएको आरोप

अमेरिकाले गर्यो डब्लुएचओसँग सम्बन्ध तोडेको घोषणा, चीनसँग साँठगाँठ गरेर सूचना लुकाएको आरोप



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सबैभन्दा ठुलो दाता अमेरिकाले डब्लुएचओसँग सम्बन्ध तोडेको घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओले कोरोना भाईरसको संक्रमण रोकथाम गर्न असक्षम भएको भन्दै यससँग सम्बन्ध तोडेको घोषणा गरेका हुन ।

विभिन्न अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार उनले यसअघि डब्लुएचओलाई चीनको पक्षपोषण गरेको आरोप लगाउँदै आएका थिए ।

सोही अनुसार उनले कोरोना भाईरस चीनको वुहानबाट नभई अन्य कुनै ल्याबबाट संक्रमण फैलिएको आरोप समेत लगाएका छन् ।

अमेरिकाले प्रत्येक बर्ष डब्लुएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्ने गरेको छ । अमेरिकासँग सम्बन्ध तोडिएसँगै अमेरिकाले डब्र्लुचओलाई दिने उक्त रकम पनि रोकिने भएको छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
MBL