Logo

कोरोना कहर : विश्वभर २५ लाख ७७ हजार कोरोना संक्रमित निको, मृतकको संख्या तीन लाख ६१ हजार (अपडेट)

कोरोना कहर : विश्वभर २५ लाख ७७ हजार कोरोना संक्रमित निको, मृतकको संख्या तीन लाख ६१ हजार (अपडेट)



काठमाडौं । कोरोना महामारीबाट विश्वभर ज्यान गुमाउनेको संख्या तीन लाख ६१ हजार नाघेको छ । ५९ लाख संक्रमितमध्ये २५ लाख ७७ हजार उपचार पछि निको भएका छन् ।

५२ हजार आठ सय संक्रमितको अबस्था गम्भिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ्याङ्क अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख तीन हजार नाघेको छ ।

संक्रमितको संख्या १७ लाख ६८ हजार रहेको छ । बेलायतमा दुई लाख ६९ हजार संक्रमितमध्ये ३७ हजार आठ सय बढीको मृत्यु भएको छ । इटालीमा दुई लाख ३१ हजार सात सय संक्रमित र ३३ हजार बढीको मृत्यु भएको छ । फ्रान्समा एक लाख ८६ हजार दुई सय बढी संक्रमित हुँदा मृत्यु हुनेको संख्या २८ हजार ६ सय नाघेको छ ।

यस्तै स्पेनमा दुई लाख ८४ हजार नौं सय बढी कोरोना संक्रमितमध्ये २७ हजार एक सय बढीको मृत्यु भएको छ । ब्राजिलमा चार लाख ३८ हजार आठ सय बढी संक्रमित हुँदा करिब २७ हजारको मृत्यु भएको छ ।

जर्मनीमा एक लाख ८२ हजार बढी संक्रमित र आठ हजार पाँच सयको मृत्यु भएको छ । चीनमा ८२ हजार ९९२ कोरोना संक्रमित हुँदा मृत्यु हुनेको संख्या चार हजार ६३४ पुगेको छ । रसियामा चीन लाख ७९ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या चार हजार नाघेको छ ।

यस्तै छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या एक लाख ६५ हजार नाघ्दा चार हजार सात सय बढीको मृत्यु भएको छ । पाकिस्तानमा हालसम्म ६१ हजार दुई सय बढी संक्रमितमा एक हजार दुई सयको मृत्यु भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्