Logo

कोरोना भाईरसको भ्याक्सिन बनाउन लागिपरे ठुला राष्ट्र, जुन ४ मा ग्लोबल भ्याक्सिन समिट

कोरोना भाईरसको भ्याक्सिन बनाउन लागिपरे ठुला राष्ट्र, जुन ४ मा ग्लोबल भ्याक्सिन समिट



काठमाडौं । विश्वका ठुला र शक्तिाशाली राष्ट्रहरु अब कोरोना भाईरसको भ्याक्सिन निर्माणमा जुटेका छन् । यसकै आधारमा रुस, बेलायतलगायत अध्य शक्तिशाली राष्ट्रहरुले कोरोना भाईरस विरुद्धको भ्याकिसन निर्माण गर्न ग्लोबल भ्याक्सिन समिट २०२० आयोजना गर्न लागेका हुन ।

जुन ४ मा हुने उक्त समिटमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई वेलायती प्रधानमन्त्री बोरिस जनसनले अनलाइन प्रविधिबाट भाग लिन आमन्त्रण गरेका छन् । पुटिनले निमन्त्रणा पाइसकेको रुसी अधिकारीहरुले जनाएका छन् । समिटमा पुटिनको सहभागी हुने विषय स्पष्ट नरहेको अधिकारीहरुले जनाएका छन् ।

समिटको मुख्य उदेश्य भने विश्वव्यापी रुपमा फैलिएको महामारीको उपयुक्त भ्याक्सिनको खोजी र निर्माण कार्यमा केन्द्रित हुनेछ । सम्पूर्ण देशहरु महामारीबीच एकजुट हुनुपर्नेमा जोड दिइने जनाइएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्