Logo

भारतसँग सिमा विवादपछि सेनालाई युद्धका लागि तयारी अवस्थामा रहन चिनियाँ राष्ट्रपति शीको आदेश

भारतसँग सिमा विवादपछि सेनालाई युद्धका लागि तयारी अवस्थामा रहन चिनियाँ राष्ट्रपति शीको आदेश



काठमाडौं । चिनियाँ राष्ट्रपति शी जिनपिङले आफ्ना सेनालाई युद्धका लागि तयारी अवस्थामा रहन आदेश दिएका छन् । उनले सबैभन्दा नराम्रो स्थितीको कल्पना गर्दै मंगलबार आफ्ना सेनालाई आफ्नो देशको सीमानाको रक्षा गर्नका लागि तयारी अवस्था रहन आदेश दिएका हुन ।

देशको सत्तारुढ चीनको कम्युनिष्ट पार्टी (सीपीसी( का महासचिव तथा करिव २० लाख सैनिकहरुका प्रमुख ६६ वर्षीय शीले त्यहाँ चलिरहेको संसद सत्रको समयमा पीपुल्स लिबरेशन आर्मी (पीएलए) र पीपुल्स आर्म पुलिस फोर्सको प्रतिनिधित्वको पूर्ण बैठकमा भाग लिँदै यस्तो युद्धका लागि आफू तयार रहनुपर्ने बताएका हुन् ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार शीले सेनालाई यो अवस्था खराब भएको र आफू युद्धको लागि तयार रहनुपर्ने बताएका हुन् । भारत र चीनको सीमावर्ती क्षेत्र लद्दाख २० दिन यता सीमा विवादका कारण तनाव ग्रस्त बनेको छ ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्