Logo

कोरोना विरूद्धको भ्याक्सिन परीक्षणको तेस्रो चरणमा प्रवेश गर्दै चीन, बार्षिक १० करोड डोज उत्पादन

कोरोना विरूद्धको भ्याक्सिन परीक्षणको तेस्रो चरणमा प्रवेश गर्दै चीन, बार्षिक १० करोड डोज उत्पादन



काठमाडौं । कोरोना भाईरसको भ्याक्सिनको परिक्षणमा अग्रपंक्तिमा रहेको चीनको सिनोभेक बायोटेक लिमिटेडले भ्याक्सिन परिक्षण दोस्रो चरणमा पुर्याएको छ । कम्नपीले खोप परिक्षणको पहिलो चरण पार गरेर दोस्रो चरणमा पुगेको हो ।

चिनियाँ पत्रिका ग्लोबल टाईम्सका अनुसार कम्पनीेले बेईजिङको डाजिङमा प्लान्ट स्थापना गर्ने काम गरिरहेको छ । कम्पनीले रिसर्चलाई गति दिनका लागि मात्र डेढ करोड डलरको आर्थिक कोष प्राप्त गरेको पत्रिकामा उल्लेख छ । कम्पनीले प्रतिवर्ष १० करोड डोज भ्याक्सिन उत्पादन गर्दै आईरहेको छ ।

मे महिनाको पहिलो हप्तादेखि दोस्रो चरणको क्लिनिकल परीक्षणमा प्रवेश गरेको कम्पनीले तेस्रो चरणको परीक्षण सँसारभर गर्नेबारे छलफल गर्ने बताएको छ । कम्पनीले तेस्रो चरणका परिक्षण भने विश्व स्वास्थ्य संगठनसँग मिलेर गर्ने भएको छ ।

१५ मे मा विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार सँसारभर १०८ कम्पनिले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासमा काम गरिरहेका छन् । जसमध्ये चीनबाट चार कम्पनी छन् । सिनोभेकले जतिसक्दो छिटोसँग कोरोना भाइरसको भ्याक्सिन उत्पादन गर्न गति लिइरहेको छ ।

तर, चिनियाँ वैज्ञानिकहरुले सन् २०२० भित्रै भ्याक्सिन विकास भइसक्नेमा आशंका व्यक्त गरेका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्