Logo

कोरोना कहर : विश्वभर करीब १६ लाख कोरोना संक्रमित निको भए, संक्रमितको संख्या ४३ लाख ३६ हजार

कोरोना कहर : विश्वभर करीब १६ लाख कोरोना संक्रमित निको भए, संक्रमितको संख्या ४३ लाख ३६ हजार



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण संक्रमितमध्ये १५ लाख ९४ हजार २ सय २९ जना उपचार पछि निको भएका छन् । पछिल्लो तत्थ्यांक अनुसार २ लाख ९२ हजार ३ सय ६८ जनाको कोरोनाका कारण मृत्यु भएको छभने ४३ लाख ३६ हजार संक्रमित रहेका छन् ।

अमेरिकामा १४ लाख ८ हजार बढी संक्रमित मध्ये ८३ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ । बेलायतमा २ लाख २६ हजार ४ सय बढी संक्रमितमा ३२ हजार ६ सय ९२ जनाको मृत्यु भएको छ ।

यस्तै स्पेनमा २ लाख ६९ हजार ५ सय बढी कोरोना संक्रमितमा २६ हजार ९ सय २० जनाको मृत्यु भएको छ । इटालीमा २ लाख २१ हजार २ सय बढी संक्रमितमा ३० हजार ९ सय ११ जनाको मृत्यु भएको छ । उता फ्रान्समा मृत्यु हुनेको संख्या २६ हजार ९ सय नाघेको छ भने संक्रमितको संख्या १ लाख ७८ हजार बढी छ ।

जर्मनीमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार बढी छ भने मृत्यु हुनेको संख्या ७ हजार ७ सय नाघेको छ । यसैगरी चीनमा ८२ हजार ९ सय १९ जना कोरोना संक्रमित र ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । रसियामा संक्रमितको संख्या बढेर २ लाख ३२ हजार नाघेको छ । मृतकको संख्या २ हजार १ सय १६ पुगेको छ । यस्तै भारतमा ७४ हजार बढी कोरोना संक्रमितमध्ये २ हजार ४ सय १५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्