Logo

कोरोनाका कारण अप्रिलमा मात्रै अमेरिकामा २ करोड बेरोजगार, भबिष्यमा के होला

कोरोनाका कारण अप्रिलमा मात्रै अमेरिकामा २ करोड बेरोजगार, भबिष्यमा के होला



काठमाडौं । अमेरिकामा गत अप्रिल महिनामा १४ दशमलब ७ प्रतिशत बेरोजगारी सृजना भएको छ । कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएपछि बेरोजगारीको संख्या बढेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकामा यसअघि १० दशमलब ४ प्रतिशत बेरोजगारी दर रहेकोमा बढेर १४ दशमलब ७ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । यो बृद्धिदर सन् १९४८ पछिकै सवैभन्दा धेरै हो । अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै दुई करोड नागरिकले रोजगारी गुमाएका छन् । गत मार्च महिनामा ७ लाख १० हजार मानिसले रोजगारी गुमाएका थिए ।

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सामाजिक दुरी कायम गर्नु पर्ने र अन्य स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएकाले करिब ३१ करोड घरमै बसेका छन् । हालै सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको छ ।

अधिकारीहरुका अनुसार अमेरिकामा पहिलो पटक सवैभन्दा धेरै मानिसले बेरोजगारी भत्ताका लागि फाराम भरेका छन् । पछिल्लो विवरणमा ३ करोड ३० लाख नागरिकले बेरोजगारी भत्ताको माग गरेका छन् । बेरोजगारको संख्या बढ्दै जाने र उद्योग व्यापार बन्द हुदै जाने गरेकाले अमेरिकी सरकारले विभिन्न राहतका व्याकेजहरु पनि घोषणा गरेको छ । (रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस्